पोखराको एक प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा गोल्ड कपको आयोजक साहारा क्लब पोखराले २० औं संस्करणमा १२ लाख ६२ हजार ८ सय २६ रुपैयाँ ६२ पैसा घाटा बेहोर्नु परेको जनाएको छ ।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ गत २०७८ साल माघ ६ गते देखी १५ गते सम्म प्रतियोगिताको २० औं संस्करण सफलता पूर्वक सम्पन्न भएको थियो ।

कुल दश टिम प्रतियोगी रहेको बिसौं संस्करणमा शसस्त्र प्रहरी बलको एपिएफ क्लब विजेता र मनाङ्ग मर्स्याङ्गदी क्लब उपबिजेता बनेको थियो ।




