संसदबाट एमसिसि पास हुनु अगाडी नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू पछिल्लो पटक पनि नेपालको भ्रमणमा छन् । एमसिसि पछि एसपीपीको चर्चा चलिरहेका बेला नेपाल भ्रमणमा रहेका लुको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
उनले आज राजनीतिक भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटवार्ता गर्ने लुको कार्यतालिका छ ।
यसअघि हिजो साँझ लूले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपाल स्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई प्रदान गरेका थिए । लुले बिहीबारै व्यापारी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटघाट गरेका छन् ।

साथै लूले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र एसपीपीबारे नेपालको धारणा पनि बुझ्ने बताइएको छ । मन्त्रिपरिषद्को बैठकले एसपीपी अस्वीकार गर्ने निर्णय गरेपनि अमेरिकालाई आधिकारिक पत्र भने पठाइएको छैन् ।



