भिमसेन थापा गाउँपालिका गोरखाले सुरु गरेको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रममा ४२ जना गर्भवती महिलाहरुले भिडियो एक्सरे सेवा लिएका छन् । श्रावण महिनाको ७ देखि ९ गते सम्म ८ वटै वडामा रहेका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार ग्रामिण क्षेत्रमा रहेका गर्भवती महिलाहरुको स्वास्थ्यलाई प्रभावकारी हुने गरी दक्ष एवम् अनुभवी जनशक्ति सहितको समुहले भिडियो एक्सरे गरेको हो । ४२ जना मध्ये ४१ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र एक जनाको अवस्था जटिलयुक्त भएकाले बिशेषज्ञ सेवाको लागि सिफारिस गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताउनुभयो ।
कार्यक्रमबारे जानकारी दिदै भिमसेन गापा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले यस प्रकारको कार्यक्रमले ग्रामिण स्वास्थ्यमा ठूलो टेवा पुर्याउने बताउनुभयो । गाउँपालिकामा रहेका ८ वटै वाडमा तीन दिन लगाएर सेवा प्रदान गरिएको बताउँदै खनालले नयाँ निर्वाचित जनप्रतिनीधि आएपछि जनस्तरसम्मको कामलाई प्रथमिकताका साथ अगाडी बढाईएको छ । गाउँपालिकाले हरेक महिना यो निःशुल्क भिडियो एक्सरे सेवाका साथ जेष्ठ नागरिक र असक्त नागरिकको लागी घरघरमा स्वास्थ्य सेवा समेत संचालन भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार