गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका सम्बन्धमा आर्थीक वर्ष २०७७/०७८ मा यातायात सुविधा शिर्षकमा देखिएको बेरुजुका विषयमा विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा आएका सुचना तथा समाचारहरु प्रति खण्डन सहित आफ्नो गम्भिर ध्यानाकर्षण भएको पालिकाले जनाएको छ ।

ति सुचना तथा समाचारहरुमा सत्यता नरहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी राम आचार्यले जनाएका छन् । पालिकाबाट आधिकारिकताको पुष्टि नगरिएका विषयहरुलाई समाचार बनाएर भ्रम छर्ने काम नगर्न उनले आग्रह समेत गरेका छन् ।
उनका अनुसार आर्थीक वर्ष २०७७/०७८ मा देखिएको उक्त बेरुजु रकम २०७८ चैत्र १ गते बैक तथा चैत्र १४ गते कार्यालय दाखिला गरि र्फछ्यौट गरिसकिएको छ । तर, महालेखा परिक्षकको अन्तिम प्रतिवेदनमा बेरुजुका विषयमा दिईएको प्रतिक्रिया अपडेट नभएका कारण पुनःदेखिएको र आर्थीक वर्ष २०७८/७९ मा दोहोरो यातायात सुविधा प्रदान नगरिएको अचार्यले जनाएका छन् ।

महालेखाको प्रतिवेदन अनुसार पालिकामा अघिल्लो आर्थीक वर्षमा ४ लाख ७७ हजार १२० रुपैयाँ अध्यक्ष तथा उपाध्यक्षको यातायात सुविधा सम्बन्धमा बेरुजु देखिएको थियो ।




