अध्यायनको हिसाबले नर्सिङ पढेकी म्याग्देली चेली मिना गर्बुजा (प्रियंका) मिस मगर नेपालको फाईनलमा पुगेकी छन् । यही साउन ६ गते पोखरा ग्राण्डमा हुने फाईनल हुने उक्त कार्यक्रमको उपाधी जित्ने उनको तयारी छ । म्याग्दी बेगखोला पुर्खौली घर रहेकी प्रियंका हाल पोखरा १६ लामाचौर बस्छिन् । सानैबाट भलिबल खेल्ने, नाच्न र अभिनय गर्ने क्षमता भएकी उनकी उपाधी दाबेदार मध्येकी एक हुन् । उनले धेरै म्यूजिक भिडियोमा समेत अभिनय तथा नृत्य गरेकी छन् । २१ बर्षिय प्रियंकाले भोट गर्न सहयोग गर्न सबै समक्ष आग्रह समेत गरेकी छन् । मिस मगर नेपालको फेसबुक पेजमा भएको फोटोलाई लाईक कमेन्ट र शेयर गरी हौसला प्रदान गर्न समेत आग्रह गरेकी छन् ।
पेसाले नर्स भएपनि आफ्नो रुचीको क्षेत्र भनेको अभिनय र नृत्य हो । उनले भनिन्–उपाधी जित्ने आशाका साथ भाग लिएको हुँ, सबैको साथ र सहयोग मिल्यो भने अवश्य पनि जितिने छ । यहाँ आएर धेरै नयाा कुराहरु सिक्न पाएकोमा आफूलाई खुसी लागेको समेत उनले बताईन् । कतिपयले यस प्रकारका कार्यक्रमलाई नराम्रो भने पनि आफूले त्यस्तो केही नपाएको, सबै पक्ष राम्रो भएकाले मिस मगर नेपाल एक ब्राण्ड भएको उनको दाबी थियो । आफ्नो संस्कार संस्कृती जोगाउनको लागी पनि यसप्रकारको कार्यक्रमले भूमीका खेल्ने उनले बताईन् । मगर समुदाय भित्रका संस्कृतीहरु पनि यहाँ प्रस्तुत हुनेछन् ।




