भीमसेनथापा गाउँपालिकाको गाउँ सभा बहिष्कार सम्बन्धि विषयमा भएको बहसलाई लिएर पालिका उपाध्यक्ष अमृता वस्ती भट्टले भ्रममा नपर्न आग्रह गर्नुभएको छ । उहाँले पालिकाको समग्र बिकास र समृद्धिको लागि आफू सधै कटिबद्ध रहेको बताउँदै सामाजिक संजालमा आएका र प्रशारण भएका समाचारको भ्रममा नपर्न सबै गाउँबासिमा आग्रह गर्नुभएको हो । उहाँले सामाजिक संजालप्रति एक अपिल गर्दै एकाध सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै पालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा प्रष्ट विचार राख्दै आएको दाबी गर्नुभएको छ । केही संचार माध्यममा आएका सवारी साधनको बिषयमाथी प्रष्ट पार्दै उहाँले सेवा सुबिधा नदिने घोषणा गरेको व्यक्तिले सवारी साधन माग गर्न नसक्ने भन्दै आफ्नो लागी भौतिक सुविधा गौण विषय हो, मुख्य विषय त भीमसेनथापा गाउँपालिकाको समग्र विकास र यहाँको स्थानीयको जीवनस्तर उकास्नु नै हो–उहाँले अपिल मार्फत भन्नु भएको छ । हेर्नुहोस् उहाँको अपिल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार