भिमसेन थापा गाउँपालिकामा पाँच बर्ष राज गरेको नेपाली काँग्रेसका जनप्रतिनीधिहरुले माग गरे अनुसारको बजेट नपाएपछि गाउँसभा नै बहिस्कार गरेका छन् । ३० गते बसेको गाउँ सभाबाट बहुमतका साथ बजेट पास भएको छ । माओवादी पार्टीबाट पालिकाको नेतृत्व गरिरहेका लोकप्रसाद बञ्जाराले बिगतको जस्तो टुक्रे योजना भन्दा प्रत्यक्ष जनप्रभाव पर्ने योजना बनाएपछि काँग्रसका जनप्रतिनीधिहरु असन्तुष्ट बनेका हुन् । उनीहरुले माग गरे अनुसारको बजेट नपाएको, पालिका अध्यक्षले एकलौटी गरेको जस्ता आरोप समेत लगाएका छन् । ३० गते नै एक बिज्ञप्ती जारी गरी काँग्रेसबाट निर्विाचन जनप्रतिनीधिहरुले यसप्रकारको क्रियाकलापबाट सिर्जना हुने परिस्थिीतीको सामना गर्न समेत चुनौती दिएका छन् ।
यता पालिका अध्यक्ष लोक प्रसाद बञ्जराले आफूमा समस्या नभएको उहाँहरुले नै समस्या सृजना गरेको बताउनुहुन्छ । बजेट निर्माण गर्दा उपाध्यक्षले कुनै कार्यक्रम र योजना नबनाएपछि आफूले टुक्रे योजना भन्दा जनस्तरमा पुग्ने योजना बनाएको बताउनुभयो । पालिका भित्र जता जे योजना परे पनि पालिकाको समग्र हितमा रहेको बताउँदै आफू सधै हातेमालो गर्न तयार रहेको बताउनुभयो । उहाँहरुले पन्छिने तर कता गल्ती भयो के गर्दा ठिक हुन्छ त्यो नभन्ने अनी समधान कसरी हुन्छ ? गाउँसभाबाट आवश्यकता र दक्षताको आधारमा करार कर्मचारीलाई म्याद थप गर्ने साथै पालिकालाई पूर्ण खोप पालिका घोषणा समेत गरिएको थियो ।




