पोखरा महानगरपालिकाकाले चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त रुपमा बस ति बसहरु सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।
जनप्रकाश मा.वि पोखरा २९, अमरसिद्व नमुना मा.वि पोखरा ३१, त्रिभुवन शान्ति नमुना मा.वि पोखरा ३० र बम्हरुपा मा.वि पोखरा ३२ लाई सोमबार बस हस्तान्तरण गरिएको हो ।
ति बसहरुको सहायताले सामुदायिक विद्यालयको शैक्षिक सुधार र विद्यार्थीहरुको आकर्षण बढ्ने विश्वास व्यक्त गरिएको छ ।




