टिका प्रसाद अम्गाई (सुबास)
लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रिक ३२५ आइ , रिजन ४ अन्तर्गत जोन ७ र जोन ८ का क्लब हरुका प्रि जोन बैठक सम्पन्न भएको छ । रिजन ४ अन्तरगत रहेका लायन्स क्लब पोखरा तालबाराही, लायन्स क्लब पोखरा अर्पण, लायन्स क्लब पोखरा हिमालयन चौतारी , लायन्स क्लब पोखरा डल्फिन, लायन्स क्लब पोखरा न्यू भिजन ,लायन्स क्लब पोखरा पेन्गुइन , लायन्स क्लब पोखरा गृह लक्ष्मी का अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षहरुको उपस्थितिमा सफलता पूर्वक सम्पन्न भएको हो । उक्त बैठकमा आफ्नो गरिमामय उपस्थिति जनाउनु हुने प्रमुख अतिथि डिष्ट्रिक एडमिनिस्ट्रेटर लायन शैलेन्द्र मोहन भट्टराइ साथै अन्य अतिथिहरुमा डिस्ट्रिक को–अर्डिजेटर इभालुयसन लायन पवित्र राज तिवारि , डिस्ट्रिक को–अर्डिजेटर रक्तदान कार्यक्रम प्रमुख लायन ऋषि गिरि , जिएमटी डिस्ट्रिक को–अर्डिजेटर लायन शान्ता थापा, जिएसटी डिस्ट्रिक को–अर्डिजेटर लायन अमृत शोभा खत्री, रक्तदान शाखा प्रमुख लायन दीपेन्द्र राई रिजन ४ का रिजन चियरपर्सन लायन हिरा भण्डारीको उपस्तिथि रहेको थियो । जोन ७ को जोन चियर पर्सन लायन नारायण प्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रमामा जोन ८ का जोन चियर पर्सन लायन पदम लाल श्रेष्ठले बैठको अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा हरेक क्लबले आफ्नो बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । अब आउने बर्ष के कस्ता कार्यक्रम गर्ने भन्नेबारे छलफल भएको जोन ८ का चियर पर्सन ला. पदमलाल श्रेष्ठले जानकारी दिनुभयो ।




