पछिल्लो पटक नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या फेरी बढ्न थालेको विवरणहरु सार्वजनिक भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिने दैनिक व्रिफिङ्मा कोरोना संक्रमितको संख्या बढेको पाईएको हो ।
पछिल्लो २४ घण्टामा गरिएको ३५१५ नमुना परिक्षणमा ७८ नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमण मुक्त भएका छन् ।

हाल आइसियुमा ७ र भेन्टिलेटरमा १ जनाको उपचार भैरहेको छ ।



