पोखरा उपत्यका नगरविकास समितिको नाममा रहेको जग्गा भाडामा लगाईएको विषयमा चर्को आलोचना भएपछि पोखरा महानगरपालिकाका निवर्तमान प्रमुख मान बहादुर जिसीले आफ्नो ध्यानाकर्षण भएको भन्दै विरोध जनाएका छन् ।
बुधबार एक विज्ञप्ती जारी गर्दै जिसीले भनेका छन्, “राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्षको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा ‘सेटिङ’ मिलाएर भाडामा दिईएको भन्ने आरोप निराधार छ, पोखरा उपत्यका नगरविकास समितिको संस्थागत हितलाई ध्यानमा राखेर प्रचलित नियम, कानुन र विधि अनुसार नै भाडामा लगाईएको हो ।”

आफुले प्रभावमा परेर नभई विगतमा जस्तो डाठो तोक आदेशमा जग्गा भाडामा लगाउने प्रवृतिको आफुले अन्त्य गरिदिएको दावी समेत पेश गरेका छन् । उनले जग्गाको प्रचलित मुल्य अनुसार प्राविधिक र प्रशासनिक टिमले तयार गरेको रिपोर्टका आधारमा विधि र कानुन सम्मत भाडामा लगाईएको उनले दावी गरेका छन् ।
केही दिनदेखी निवर्तमान मेयर जिसी आफ्नै ज्वाँई नाता पर्नेलाई कौडीको मुल्यमा जग्गा भाडामा लगाएको विवादमा मुछिएका छन् । र, हालका मेयर धनराज आचार्यले आवश्यक छानविन गरि दोषीलाई कानुन अनुसार कार्वाही गर्ने बताउदै आएका छन् ।




