अर्थमन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ले आफुमाथी झुठ्ठा आरोपहरु लगाईएको भन्दै राजिनामाको घोषणा गरेका छन् ।
प्रतिनिधि सभाको आजाको बैठकमा अर्थमन्त्री शर्माले आफुमाथी लगाईएको आरोपहरु झुठ भएको भन्दै आफ्नो तर्फबाट खारेज गरेको उद्घोष सहित राजिनामा समेत घोषणा गरे । आफु राष्ट्र र जनताको पक्षमा निरन्तर आवाज उठाउदै आएको बताउदै अर्थमन्त्री शर्माले आफुमाथी राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्मा माथी बजेट निर्माणबा बखत गैरव्यक्तिको साहारामा करको दरहरु हेरफेर गरेको आरोप लगाएको छ ।
संसदको आजको बैठकमा बोल्दै नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीलाई पदमा बस्ने नैतिकता नभएको भन्दै तत्काल राजिनामाको माग गरेका थिए । त्यसअघि नै सो विषयमा आवश्यक छानविनका लागि संसदिय समिति गठन गर्न सदनले अनुमति दिईसकेको थियो ।
त्यस लगत्तै नेकपा एमालेका सांसदहरु बैकठ स्थलबाट बाहिरिएका थिए । पछि शर्माले रोष्टमबाटै राजिनामाको घोषणा गरिदिए ।



