पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनु २ दिनअघि ६८ रोपनी सरकारी जग्गा चोरबाटोबाट ठेक्का लगाएको पाइएको छ । राष्ट्रबैंक चोकस्थित पोखरा पर्यटन बसपार्क, गल्फ कोर्स र पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालय नजिकै रहेको सवारी ट्रायल सेन्टर रहेको जग्गा मेयर जिसी आफैंले सम्झौता गरेर जेठ ३ गते ठेक्का लगाएका हुन् ।

३० गते स्थानीय तहको चुनाव भएपछि जेठ ५ गते निवर्तमान मेयर जिसीको कार्यकाल सकिँदै थियो । जेठ ११ गतेमात्र पोखरामा धनराज आचार्य निर्वाचित भएका आएका हुन् । तर मतगणना चलिरहेको बेला जिसीले आफैंले हस्ताक्षर गरेर पोखरा उपत्यका नगर विकास समितिको स्वमित्वमा रहेको गल्फ कोर्स रहेको ४५ रोपनी, पर्यटन बसपार्कको १८ रोपनी र यसअघि यातायात व्यवस्था कार्यालयले सञ्चालन गरेको सवारी ट्रेनिङ सेन्टरको करिब ५ रोपनी गरी जम्मा ६८ रोपनी जग्गा १० वर्षका लागि ठेक्कामा लगाएको पाइएको छ ।

पोखराका निवर्तमान मेयर जिसीको कार्यकाल सकिनु २ दिनअघि ६८ रोपनी जग्गा सेटिङमा ठेक्का – Online Khabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार