हालैमात्र कास्की जिल्ला अदालतले पोखरा न्युरोडमा रहेको कि.न १६६८ को जग्गा सरकारी हुने गरि गरेको फैसलाको कार्यान्वयन थालिएको छ । सो जग्गामा पार्किङ निर्माण गर्ने गरि सम्याउने काम थालिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत बलराम रिज्यालले जानकारी दिए ।
१३ असारमा जिल्ला अदालत कास्कीले न्युरोडमा रहेको कित्ता नम्बर १६६८ नम्बरको ५ रोपनी, ४ आना भन्दा बढी जमिन उपत्यका विकास समितिको हुने फैसला गरेको थियो । उपत्यका नगरविकास समितिले सोमबार उक्त जमिनमा रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकानेको छ ।

बाँकी जमिनमा डोजर चलाएको छ ।



