नेपाल कम्युनिष्ट पार्टी माओवादीले जनयुद्धको क्रममा घाइते, अपाङ्ग र अशक्त भएका जनमुक्ति सेनालाई उचित व्यवस्थापन सहित उपचारको माग गरेको छ ।

मुलुकको परिवर्तनमा अतुलनिय योगदान गरेका जनमुक्ति सेनालाई वेवास्ता गरि वैधानिक मानव तस्करीमा शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकार लागि परेको भन्दै चर्को आलोचना सहित ति महान योद्धाहरुलाई राज्यको तर्फबाट उचित क्षेतिपुर्ति सहित उपचारको माग गरेको हो ।

पार्टीका संयोजक गौरवद्धारा जारी विज्ञप्तीमा ‘दलाल गठबन्धन कठपुतलि सरकार नेपाली जनता र महान जनयुद्धको भावना विपरित आफ्नो कुर्सीका लागि विदेशीसामु लम्पसार परेर नेपाली जनताका छोराछोरीलाई वैदेशिक रोजगारको नाममा ३–५ वर्षका लागि वैधानिक मानव तस्करी र रेमिट्यान्समा मस्ति गरिरहेको छ, अमेरीकी साम्राज्यवादको टाङमुनी छिरेर, भिख मागेर, कटौरा थापेर, आर्थीक प्रलोभनमा परेर इतिहासमा सवैभन्दा ठुलो राष्ट्रघात गरिरहेको छ ।’ भनिएको छ ।

गणतन्त्रका हकदार जनमुक्ति सेनालाई फासिवादी देउवा सरकारले दमन र तिरस्कार गरेको भन्दै पार्टीले घोर आपत्ति प्रकट गरेको छ । गणतन्त्र माथीको हस्तक्षेप बन्द गरि स्वदेश मै रोजगारीको ग्यारेन्टी गर्न, दक्षता र योग्यताका आधारमा जनमुक्ती सेनाहरुलाई रोजगारीको व्यवस्था गर्न तथा बाँकीलाई उचित क्षतिपुर्तिको बन्दोबस्त गर्न पार्टीका संयोजक गौरवले माग गरेका छन् ।

दलाल पुजिँवादी व्यवस्थालाई समाप्त गर्दै वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलनमा सामेल हुन आम सरोकारवालाहरुलाई पार्टीले अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार