पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलपुर्वाधारको विकासमा महानगर प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल आईस छैठौँ अन्तराष्ट्रिय शुभकामना गोल्डकप २०७९ को उद्धघाटन गर्दै प्रमुख आचार्यले खेलकुदको विकासका लागि महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

समाज र व्यक्तिको सर्वाङ्गिण विकासमा खेलकुदको महत्वपुर्ण योगदान हुने बताउदै उनले खेल आपसी एकता र साझेदारीको अभिन्न पक्ष भएको उल्लेख गरे । खेलकुदको विकासले मात्र स्वस्थ समाज निर्माणमा योगदान पुग्ने उनको विश्वास छ ।
हेमजा युनाईटेडद्धारा आयोजित नेपाल आईस छैठौँ अन्तराष्ट्रिय शुभकामना गोल्डकप २०७९ मा आजदेखी ११ गतेसम्म गौरीशंकर खेलमैदान गैरीमा जारी रहने छ । प्रतियोगीताको पहिलो खेलमा हेमजा युनाईटेडले विरगञ्ज युनाईटेडलाई ३–१ षेल अन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा विभागिय क्लब खुमलटार युथ क्लब, बागमती युथ क्लब सर्लाही, चर्च ब्वाईज क्लब काठमाडौं, कालिका स्पोर्टस एकेडेमी, एभेनिर एफसी डाउला क्यामरुन, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक हेम्जा युनाइटेडको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २०÷२० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता र अनुशासित टिमले २५÷२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार