नेपालमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअवधिमा ११ जना संक्रमण मुक्त भएका छन् । २५३४ नमुना परिक्षण गरिएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १०४ रहेको छ । काठमाण्डौमा सवैभन्दा धेरै ३१ जना र ललितपुरमा ११ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणमा कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार