सम्पर्कविहीन भएको झण्डै २० घण्टापछि फेला परेको तारा एयरको जहाज थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो । स्थानीय यार्सागुम्बा संकलक किसानले दुर्घटनाग्रस्त जहाजको तस्वीर सोमबार बिहानै स्थानिय अधिकारीलाई पठाए ।

आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए । तर खोजी तथा उद्धारमा खटिएको टोली त्यहाँसम्म पुग्न सकेको थिएन ।

सोमबार बिहान त्यही क्षेत्रमा दुर्घटनाग्रस्त जहाज किसानहरुले फेला पारेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार मानापाथी हिमालको फेदीमा २८ कात्तिकमा हिमपहिरो गएकै स्थान नजिकै दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको हो ।

तर, सो स्थानमा खोजिका लागि परिचालन गरिएका सुरक्षाकर्मीहरु भने पुगिसकेका छ्रैनन् । प्राप्त तविस्रमा जहाज टुक्रा टुक्रा अवस्थामा देखिन्छ । कपडाका रङहरु जस्ता देखिने केही बस्तुहरु पनि छरिएका अवस्थामा छन् । झट्ट हेर्दा दुर्घट्ना भएपनि जहाजमा आगो भने नलागेको जस्तो देखन्छ ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सो जहाज सम्पर्कविहीन भएको थियो । ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् । उनीहरुको अवस्थाबारे हालसम्म कुनै जानकारी आएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार