अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थीक वर्ष २०७९–८० का लागि १७ खर्व ९३ अर्व ८३ करोड बराबरको बजेट संसदमा प्रस्तुत गरेका छन् ।
मन्त्री शर्माले चालु तर्फ ७ खर्व ५३ अर्व ४० करोड अर्थात ४२ प्रतिशत, पुँजीगत तर्फ ३ खर्व ८० अर्व ३८ करोड अर्थात २१.२ प्रतिशत, वित्तिय व्यवस्था तर्फ २ खर्व ३० अर्व २२ करोड अर्थात १२.८ प्रतिशत र प्रदेश तथा स्थानिय तहको वित्तिय हस्तान्तरण तर्फ ४ खर्व २९ अर्व ८३ करोढ अर्थात २४ प्रतिशत विनियोजन बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री शर्माका अनुसार १२ खर्व ४० अर्व ११ करोड रुपैयाँ राजश्व संकलन र ५५ अर्व ४६ करोड वैदेशिक अनुदानबाट परिपुर्ति गरिनेछ । थप अपुग मध्ये वैदेशिक ऋणबाट २ खर्व ४२ अर्व २६ करोड र २ खर्व ५६ अर्व आन्तरिक ऋणबाट ब्यहोरिने उनले बताए ।



