नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै सहयोगमा दुई पटक प्रधानमन्त्री बनाईएको बताएका छन् । सरकारद्धारा संसदमा प्रस्तुत नीति तथा कार्यक्रम माथीको छलफलमा सहभागी हुदै अध्यक्ष प्रचण्डले आफुहरुको सहयोगलाई एमाले अध्यक्ष ओलीले वैशाखी भनेको प्रति आपत्ति पनि जनाए ।
उनले भने “पहिलो पटक पनि नेकपा माओवादी केन्द्रको वैशाखी टेकेर र दोस्रो पटक पनि हाम्रै सहयोगमा प्रधानमन्त्री भएको होईन्, ओलीको दम्भ कत्तिपनि कम नभएको देख्दा मलाई अचम्म लागेको छ । यो प्रवृति बाहेक एमालेका सवै नेता तथा कार्यकर्ताहरुसंग सहकार्य गर्न सकिन्छ । ”

शान्ति सम्झौताको विरोध गर्ने, संघियता र गणतन्त्रको विरोध गर्नेहरुलाई हत्याको अभियोगमा जेल बसेको भनेर भन्यो भने के हुन्छ ? भने प्रश्न समेत गरे । पटक पटक केपी ओलीले शान्ति सम्झौताको विरुद्धमा अभिव्यक्ति दिएको भन्दै अध्यक्ष प्रचण्डले हालको व्यवस्था ओलीलाई मन नपरेको पनि बताए ।



