गोरखाको भिमसेन थापा गाउँपालिकाका नव निवार्चित अध्यक्ष लोक प्रसाद बञ्जरा (अक्कल) ले स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका बनाउने उद्घोष गरेका छन् । गाउँपालिकामा पदबहाली गर्दै उनले पालिकालाई देश कै नमुना पालिका बनाउने उद्धघोष समेत गरे ।
स्थानीय स्तरका संभावित सम्भाव्यताको पहिचान र उपयोग मार्फत गाउँपालिकाको मुहार फेर्न सकिने आफ्नो परिकल्पना रहेको बताएका उनले त्यससमा सबै कर्मचारी, निर्वाचित जनप्रतिनीधि, नागरिकसमाज, राजनीतिक दल लगायत सरोकारवालाहरुको सहयोगको अपेक्षा व्यक्त गरे । हिजोसम्म कुनै राजनीतिक दलको झण्डामुनी बसेता पनि अब निर्वाचित भैसेकेपछि सबैको साझा प्रतिनिधि भएकाले सबैलाई मिलाएर लैजाने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

पदबहालीको क्रममा केही महत्वपूर्ण निर्णयहरुमा हस्ताक्षर गर्दै अध्यक्ष बञ्जराले सबै एकजुट भएर गाउँपालिकाको विकासमा लाग्न आग्रह गरे ।
अध्यक्ष लोक प्रसाद बञ्जराका १० प्रतिबद्धताहरु

गाउँ टोल घर–घरमा स्थानीय सरकार
१.स्थानीय सरकार संचालन गर्न सर्वपक्षीय संयन्त्र गठन गरी सवै पक्षसंग समन्वय र सहकार्य गर्दै भिमसेनथापा गाउँपालिकालाई ग्रेट, स्मार्ट, हरियाली, स्वच्छ, समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका बनाउने ।
२.गाउँपालिका भित्र बसोवास गर्ने ७० वर्ष माथिका जेष्ठ नागरिक, दिर्घरोगी, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुको लागि वडामा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरु परिचालन गरी कम्तिमा महिनाको १ पटक स्वास्थ्य अवस्थाको जाँच गर्ने, आवश्यकता अनुसार उपलब्ध औषधी वितरण गर्ने र सोको रेकड गर्ने तथा मासिक रुपमा गाउँपालिका स्वास्थ्य शाखामा प्रतिवेदन गर्ने । जटिल अवस्थाका रोगीहरुलाई उपयुक्त स्थानमा प्रेषणका लागि सहजिकरण गर्ने गरी गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक तथा अशक्त नागरिक स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्ने साथै सवै नागरिकहरुको स्वास्थ्य विमा गराउने कार्यलाई अगाडि वढाउने ।
३.प्रत्येक वडाको मुख्य सडक बाह्रै महिना चल्न सक्ने गरी स्तरोन्नती गर्ने र त्यसलाई नियमित गराउने ।
४. प्रत्येक घरधुरीले न्यूनतम जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न ूएक घर एक रोजगारी वा व्यवसायीक कार्यक्रम अगाडि वढाउने ।
५.गाउँपालिकावाट प्रवाह हुने सेवालाई थप चुस्त, दुरुस्त, भरपर्दो र पारदर्शी वनाउन कर्मचारीको क्षमता विकास गरी नागरिक सचेतीकरण वढाउदै प्रविधिको प्रयोगमा जोड दिने ।

६.१ वडा १ प्राविधिक कर्मचारीको व्यवस्था गरी विकास निर्माणका कार्यहरुलाई गुणस्तरीय एवं पारदर्शी वनाई समयमै कार्य सम्पन्न गर्ने साथै योजना प्रणालीलाई प्रविधिमैत्री वनाउने ।
७.पूर्ण पशुपन्छि विमा र कृषि विमा गाउँपालिका निर्माणको लागि कार्यक्रम संचालन गर्ने ।
८.एक घर एक धारा कार्यक्रमलाई पूर्णता दिने ।
९.भिमसेनथापा लोक कल्याणकारी कोष स्थापना गरी संचालन गर्ने र शुरुमा सो कोषमा पालिका अध्यक्षको आधा महिनाको पारिश्रमिक जम्मा गरी हरेक महिना सवैसंग १ दिनको आम्दानीरतलव उक्त कोषमा जम्मा गर्न आह्वान गर्ने ।
१०. क्रिश्चियन समुदायको लागि कव्रस्थान व्यवस्था गर्ने ।
११. युवाहरुको लागि खेलकुद, शैक्षिक कर्जा, व्यवसायिक कर्जा तथा सिपविकास र रोजगारीको व्यवस्थापन गर्ने । १२. शहिद वेपत्ताको सम्मानमा विशेष योजना संचालन गर्ने । १३. शिक्षा, स्वास्थ्य र रोजगारीमा गुणात्मक व्यवस्था गर्ने । १४. दलित, महिला, फरक क्षमता भएका नागरिकको सम्मान गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने । १५. सामाजिक सुरक्षा भत्ता वैकसंग समन्वय, सहकार्य गरी गाउँ गाउँमा वितरणको व्यवस्था गर्ने ।



