पोखरा महानगरपालिकामा मतगणना जारी रहदाँ गठबन्धनका तर्फबाट साझा उमेदवार नेकपा (एकिकृत समाजवादी) का धनराज आचार्यले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

५८ हजार १२२ मतगणना हुदाँ आचार्यले २४ हजार ३२ मत प्राप्त गरेका छन् । उनका प्रयासी नेकपा एमालेका कृष्ण बहादुर थापाले २१ हजार १८७ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका शंकर खरालले २ हजार ४१३ र स्वतन्त्र उमेदवार गनेश पौडेलले १ हजार ३८८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले २४ हजार ३०४ र नेकपा एमालेकी मन्जुदेवी गुरुङले २४ हजार २०६ र राप्रपाकी रन्जना कुमारी सेन पौडेलले २ हजार २२१ मत प्राप्त गरेकी छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार