पोखरा महानगरपालिकामा ३४०० मत गणना हुदाँ नेकपा एमालेका कृष्ण थापालाई उछिन्दै गठबन्धनका उमेदवार धनराज आचार्य अगाडी बढेका छन् । आचार्यले १२८४ मत प्राप्त गरेका छन् भने, थापाले ११९४ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले १४३१ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेकी मन्जुदेवी गुरुङले १३११ मत प्राप्त गरेकी छिन् ।




