बाग्लुङको तमानखोला गाउँपालिकामा नेकपा एमाले क्लिन स्विप भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा २७०७ मतका साथ विजयी भएका छन् । उनका प्रत्यासी माओवादी केन्द्रका देव बहादुर पुनले १९९५ मत प्राप्त गरे ।

६ वटा वडा मध्ये वडा नं. २ र ५ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजय भएको छ भने, वडा नं.३,४ र ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । यस्तै वडा नं. १ मा भने अध्यक्ष माओवादी र बाँकी सदस्यहरु नेपाली कांग्रेसले जितेको छ ।

गाउँपालिकाका सवै पदहरुमा निर्वाचन लडेको नेकपा एमाले भने क्लिन स्विप भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार