ढोरपाटन नगरपालिका वडा नं. ७ मा गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदका उमेदवार राजमोका धन बहादुर अदै प्यानल सहित विजयी भएका छन् ।
अदैले ४९७ मत सहित नेकपा उमालेका उमेदवार बल बहादुर अदैलाई २१ मतले पराजित गरेका हुन् । एमालेका अदैले ४७६ मत प्राप्त गरेका छन् ।

यस्तै वडा सदस्यमा राष्ट्रिय जनमोर्चाका राम बहादुर कायत र कृष्ण कुमार बुढा, महिला सदस्यमा खगिसरा कायत र दलित महिला सदस्यमा राजमो कै खगि कुमारी कामी विजयी भएकी छिन् ।



