शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले ३० वैशाख हुने स्थानीय तह निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको जानकारी दिएका हुन् ।

अर्यालका अनुसार आयोगले आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ ।



