पोखरा १ मा एमालेका कार्यकर्ताहरुले मौन अवधिको उल्लघन गरेका छन् । उनिहरुले मतदाताहरुलाई एमालेको चुनाव चिन्ह सुर्य ठिक छ भन्दै नमुना मतपत्र सहित सुर्यमा मतदान गर्न सिकाएका हुन् ।

पोखरा महानगरपालिका वडा नं.१ मा एमालेका उमेदवारहरुलाई मत माग्दै उनिहरु नमुना मतपत्र, स्वस्तिक छाप र स्टाम्प सहित घरघरमा पुगेका देखिन्छन् ।

एमालेका उमेदवारहरुको नाम लिदै यसपाली सुर्य नै ठिक छ भने मतदातालाई प्रभावित पार्ने काम उनिहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार