निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।

नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो ।

बुधबार र बिहीबार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ ।

अधिवक्ता भूमिनन्द चुँडाल धेरै मत बदर हुन नदिन नयाँ मतदाताहरुलाई मत हाल्न सिकाउनुपर्नेमा जोड दिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार