“समुन्नत पोखराको आधार : सवल अर्थतन्त्र र पुर्वाधार” भन्ने नाराका साथ पोखरा महानगरपालिकाको निर्वाचनमा पाँच दलिय गठबन्धनका तर्फबाट प्रमुख तथा उपप्रमुख पदका उमेदवारहरु पोखराको विकास तथा समृद्धिका लागि ठोष योजनाहरु सहित चुनावी मैदानमा छन् । ७ वटा समुन्नत पोखराका आधारहरु सहित सवल पुर्वाधारको सम्भावना बोकेको निष्कर्ष उनिहरुको छ ।
उनिहरुले महानगरवासीलाई शिक्षित, सभ्य तथा मर्यादित बनाउने, सुरक्षित र न्यायपुर्ण समाजको निर्माण गर्ने, स्वास्थ्य र सन्तुलित पर्यावरण, शुुसासन र जवाफदेहीता, श्रोतको समुतिच व्यवस्थापन र प्रविधिमैत्री सेवा प्रवाहलाई समुन्न पोखराको आधारका रुपमा आत्मसाथ गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा (एकिकृत समाजवादी) का धनराज आचार्य र उप मेयर पदमा नेपाली कांग्रेसकी कोपिला रानाभाट उमेदवार छन् ।




