पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उमेदवार कोपिला रानाभाटले मत संरक्षणका खातिर पाँच दिन जागै बस्न मतदाताहरुलाई आग्रह गरिन् ।

पोखरामा आयोजित बृहद चुनावी आमसभामा बोल्दै पोखराको विकास र समृद्धिका लागि आफुहरु निरन्तर सेवामा खटिने उल्लेख गर्दै रानाभाटले चुतावको मुखमा हुने गलत हर्कतहरु रोक्नका लागि मतदाताहरुलाई जागै बस्न अपिल गरेकी हुन् ।

त्यसपछिको पाँच वर्ष आफुहरुले जनताको सिपाही भएर काम गर्ने प्रतिवद्धता उनले जाहेर गरिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार