पोखरा २२ को (पुम्दी भुम्दी) कालावाङ देखि पुम्दीकोटसम्म तत्काल पिच सडक निर्माणको लागि पहल गर्न स्थानियले माग गरेका छन्। पोखरा २२ का साझा उमेदवार अध्यक्षका प्रत्यासी हिमलाल बरालको नेतृत्वको टोली समक्ष स्थानियले उक्त माग गरेका हुन् ।
यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको सन्दर्भमा चुनावी प्रचार प्रसार अभियान अन्र्तगत घर दैलो कार्यक्रममा निस्केको उक्त टोली समक्ष स्थानियले पर्यटकीय र विकासको पूर्वाधार एवं यातायाता सहज पहुचको लागि कालावाङ देखि पुम्दीकोट सडक पिच तत्काल गर्न आवश्यक पहल गर्न माग गरेका हुन । पोखराको मुख्य बजार देखि नजिक भएर पनि पुम्दी भुम्दीको विकासमा धेरै भौतिक पूर्वाधार आवश्यक भए पनि पहिला सहज यातायातको लागि सडक स्तरोन्नती गर्नुपर्ने स्थानियको जोडदार माग भएको टोलीमा सहभागि माओबादी केन्द्रका नेता केशव पौडेलले बताए ।
स्मरण रहोस गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनको पहलमा हाल पोखरा २२ वडा कार्यालय देखि पुम्दीकोटसम्मको सडक पिच गर्नको लागि बजेट विनियोजन भएको छ ।
उक्त अभियान अन्र्तगत मंगलबार कालावाङ, घरेडी, पाखाटोल, डाँडाथोक, लप्सीवोट, लुकुन्स्वाँरा लगायतको ठाँउमा घर देलो कार्यक्रम गरिएको कागेंस नेता प्रकाश बरालले बताए ।
पोखरा २२ को अन्य सदस्यका प्रत्यासीहरुमा कागं्रेसकी लक्ष्मी बराल महिला सदस्य, माओबादी केन्द्रकी कल्पना रसाइली दलित महिला सदस्यमा, खुल्ला सदस्यमा चेतभत्त बराल र हुम बहादुर गुरुङ रहेका छन्। समाजवादीको चुनाव चिन्हः कलम, काग्रेंसको रुख, माओबादीको हसिया हतौडा रहेको छ ।

समुन्नत पोखराको आधार सबल अर्थतन्त्र र पुर्वाधार भन्ने नाराका साथ ५ दलीय गठबन्धनले पोखराको मेयरमा नेकपा एकिकृत समाजबादीका धनराज आचार्यलाई मेयरमा, काग्रेँकी नेतृ कोपिला रानाभाटलाई उपमेयरमा उमेदवारको रुपमा उठाएको छ ।



