- googlepokhara

स्थानीय निर्वाचनको समय नजिकिदै गर्दा पोखरा महानगर तथा गाँउपालिकाका उम्मेदवारहरु घरदैलो कार्यक्रम लिएर मतदाता समक्ष पुगीरहेका छन् । घरदैलो अभियानका क्रममा उम्मेदवारहरुले मतदाता समक्ष पार्टीको र आफ्नो उम्मेदवारीको बारेमा स्पष्ट पार्नुका साथै मतदाताको समस्या र टोलको विकासको बारेमा पनि भलाकुसारी गरिरहेका छन् ।

यससैक्रममा पोखरा महानगर वडा नं १४ चाउथेले पनि घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । नेपाली काँग्रेसका उम्मेदवार बोधराज कार्कीको नेतृत्वमा गठबन्धनका उम्मेदहरु पनि घरदैलो अभियान सहित मतदाता समक्ष पुगीरहेका छन् । गएको स्थानीय निर्वाचनमा झिनो मतान्तरणले पराजित बनेका अध्यक्ष पदका उम्मेदवार कार्की यो पटक विजयी हासिल गर्न मतदातासंग भेटघाट र छलफलमा कसेर लागेका छन् । ‘यो पाली अध्यक्षका उम्मेदवार बोधराज कार्कीको जीत निश्चित छ’ घरदैलो अभियानमा सक्रिय एक मतदाताले भने ‘मंगलबार बिहान जलेश्वर चोकबाट हवेली मार्गसम्म गरिएको घरदैलो अभियानमा मतदाताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
घरदैलो अभियानपछि आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता दिपक कोइरालाले स्थानीय निकायको यो निर्वाचनमा गठबन्धन दलको विजयी पक्का भएको दावी गर्दै सबै मतदातालाई आफ्नो अमूल्य मतको सदुपयोग गर्न आग्रह गरे ।

जलेश्वर टोल इकाईका सभापति प्रेमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधि सरस्वती गुरुङ, महाधिवेशन प्रतिनिधि विमल बसेल, महासमिति सदस्य माया बराल, वडा नं १४ का इकाई समिति सभापति दिवस कुँवर, इकाई सचिव सविना अधिकारी, माओवादी केन्द्रका पोखरा महानगर समिति अध्यक्ष हरीनारायण गिरी विज्ञान, राष्ट्रिय भूमिहिन आयोगका सदस्य आशबहादुर गुरुङलगायतले वडाबासीको समस्या समाधानका साथै वडाको विकासमा लाग्ने जनप्रतिनिधि रोज्नु पर्नेमा मतदातासंग अनुरोध गरेका थिए ।

यसैगरी पोखरा महानगरपालिका वडा नं १० का उम्मेदवारहरु पनि स्थानीय निर्वाचनको चुनावी अभियान अन्तर्गत घरदैलो तथा चुनावी सभामा जुटेका छन् । मंगलबार रामबजार क्षेत्रको कामना टोल, अमरसिंह चोक, हिमाली टोल, ढाँचा टोल र कालिका चोक क्षेत्रमा घरदैलो अभियान सम्पन्न गरेको सचिव दिपक थापाले जानकारी दिए । मतदाता सहभागिता उत्साहजनक रहेको र यो पटकको निर्वाचनमा पनि काँग्रेसले नै जीत्ने सचिव थापाको दावी छ । ‘जीत निश्चित छ तर पनि अभियान संचालन गरिरहेका छौं’ थापाले भने ।

घरदैलो अभियान अन्तर्गत मतदातासंग प्रत्यक्ष भेटघाट कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार राजेश गुरुङले फेरी यो पटक पनि नेपाली काँग्रेसलाई विश्वास गरी मत दिन अनुरोध गरे । ‘गएको स्थानीय निकाय निर्वाचनमा नेपाली काँग्रेसले नै जीत हात पारेको थियो , यो पाली पनि जीत हाम्रै पोल्टामा पार्न सफल हुने छौं ।’ अध्यक्ष पदका उम्मेदवार राजेशले बताए । सजिलै जीत हासिल गर्न सकिने उनको दावी छ ।

चुनावमा नेपाली काँग्रेसका राजेश गुरुङको नेतृत्वमा सदस्य पदमा परमेश्वर बहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली चुनावी मैदानमा छन् ।
यसैबीच पोखरा महानगर वडा नं ९ ले पनि मंगलबार चुनावी अभियान अन्तर्गतको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । पोखरा बसपार्क क्षेत्रमा गरिएको घरदैलो कार्यक्रममा मतदाताको उत्साहजनक सहभागिताका साथै सहयोग र साथ रहेको उम्मेदवारहरु बताउँछन् ।

‘म जे बोल्छु त्यो गर्छु र वडाको विकासकालागि त मेरो एजेण्डा र प्रतिबद्धता दुवै साथ छ’ वडा नं ९ का अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र मर्सानीले भने । टोल टोलमा पुगेर मतदातासंग टोलमा अत्यावश्यक विकासका कुरा र उठान गर्नु पर्ने मुद्धाहरुका बारेमा छलफल गर्दै उम्मेदवार दिपेन्द्रले आफ्नो चुनावी अभियानलाई आक्रमक बनाईरहेका छन् । विगतका स्थानीय निर्वाचनमा पाएको सफलताको विरासत जोगाउनकालागि पनि उम्मेदवार दिपेन्द्रले चुनावी कसरतलाई आक्रामक बनाएका हुन् ।
घरदैलो अभियानमा वडा सदस्यका उम्मेदवारहरु भावना श्रेष्ठ, गीता चर्मकार, लक्ष्मी पहारी र नन्दराम गिरी पनि मतदातासंग प्रत्यक्ष भेटघाटमा जुटेका छन् ।

 

यसैबीच पोखरा महानगरपालिकाको वडा नं १२ मा पनि घरदैलो अभियान तिब्र रुपमा अगाडि बढेको छ । विजयी सुनिश्चिताका लागि मतदातको घरदैलोमा पुगीरहेका उम्मेदवारहरुले सो वडाको घरदैलो कार्यक्रम मंगलबारसम्म ९० प्रतिशत सम्पन्न गरिसकेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक कृष्णा कोइरालाले जानकारी दिए ।
मतदातासंग भेटघाट गर्दै वडा अध्यक्षका उम्मेदवार सन्तोष बाँस्तोलाले वडाको विकासका लागि र वडा नं १२ लाई नमुना वडाको रुपमा स्थापित गराउनका लागि आफु कटिबद्ध रहने प्रतिबद्धता जनाए ।

पुरानो धारादेखि शुरु भएको घरदैलो कार्यक्रम माटेपानी हुदै गुम्बाफेदीसम्म गरिएको घरदैलो कार्यक्रममा नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी, महाधिवेशन प्रतिनिधिहरु विमल बसेल, डम्मरजंग गुरुङ, क्षेत्र नं १ ख का सभापति कृष्ण कोइराला लगायतले मतदातासंग प्रत्यक्ष भेट गरेका थिए ।

वडा नं १२ मा सन्तोष बाँस्तोलाको नेतृत्वमा शान्तबहादुर थापा, गोविन्दप्रसाद सिग्देल, शान्ति कोइराला, गोमादेवी परियार उम्मेदवार रहेका छन् ।
नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नै ८ ले पनि आफ्नो चुनावी घरदैलो अभियानलाई तिब्र बनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा घरदैलो अभियानलाई तिब्र बनाएको हो । मंगलबार सिर्जनाचोकदेखि आलुमाइला चोकसम्म सम्पन्न घरदैलो कार्यक्रममा अध्यक्षका उम्मेदवार शारदा गिरीले मतदाता समक्ष आफ्नो एजेण्डा प्रस्तुत गर्र्दै अमूल्य मत दिई आफ्नो प्यानाललाई जिताउन आग्रह गरिन् । गएको निर्वाचनमा एमालेले जीत हासिल गरेको भएपनि विकासको काम भने गर्न नसकेको आरोप लगाउँदै वडाबासीले खोजेको विकास आफु र आफ्नो प्यानलले दिने दावी गरे । ‘हामीलाई जिताउनुस्, यो वा त्यो बहाना नभई हामी दिनरात जनताको सेवामा सक्रिय हुनेछौं’ गिरीले मतदाता समक्ष बताईन् ।

कार्यक्रममा मतदाताले मतदाता शिक्षाका बारेमा जिज्ञासा राखेका थिए । नेपाली काग्रेसकी शारदा गिरीको नेतृत्वमा देवीमाया चालिसे, माया नेपाली, कृष्णप्रसाद श्रेष्ठ र नेकपा माओवादी केन्द्रका दामोदर सिग्देल उम्मेदवार रहेका छन् ।

यसैबीच चुनावी अभियानकै सिलसिलामा मादी गाउँपालिकाको गठबन्धन तर्फका उम्मेदवारहरुले आफ्नो प्रतिबद्धता पत्रमा प्रज्ञा प्रतिष्ठानको एजेण्डालाई समेटेका छन् ।
नेपालीका काँग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेका देवीजंग गुरुङ र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष उम्मेदवार बनेका लालबहादुर गुरुङलगायतले प्रतिबद्धता पत्रमा प्रज्ञा प्रतिष्ठानको एजेण्डालाई समेटेका हुन् । ‘मादीमा गाउँपालिकामा मात्रै थुप्रै कलाकारहरु छन्, यहाँ मादी प्रज्ञा प्रतिष्ठानको आवश्यकता छ’ अध्यक्ष पदका उम्मेदवार देवीजंगले भने ‘जीत पश्चात मादी प्रज्ञा प्रतिष्ठान निर्माण प्राथमिकताको विषय बन्नेछ ।’

२०७४ सालाको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट विजय पाएका वेदबहादुर गुरुङ श्यामले आफु एक कलाकार भएर पनि कला क्षेत्रकालागि कुनै काम नगरेको प्रति असन्तुष्ट जनाउँदै आएका मादी गाउँपालिकामा रहेका कलाकारहरुले भने अहिले खुशी व्यक्त गरेका छन् ।

‘आफु एक कलाकार भएर पनि गाँउपालिका प्रमुख भएर बस्दा कलाकारको हितका लागि कुनै पहल नै गरेनन्’ गुरुङ चलचित्रका निर्माता एवम् निर्देशक विभागका पूर्वप्रमुख सोमबहादुर गुरुङको आरोप छ । जिफानका पूर्व विभाग प्रमुख नौजंग गुरुङ नेपाल साँस्कृतिक संघका केन्द्रीय उपसभापति कृष्णकुमार गुरुङले पनि अघिल्लो स्थानीय निर्वाचनको तीनै तहमा एमालेको सरकार हुदाँ पनि कला र कलाकारको पक्षमा कुनै पनि काम नगरेकोमा दुख व्यक्त गर्दै अहिलेको प्रतिबद्धतापत्र प्रति खुशी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार