पोखरा महानगरपालिका वडा नं. ८ सिमलचौरमा मिनि ट्रक दुर्घट्ना भएको छ । ट्रक जनप्रीय स्कुल नजिकै सडकमा लगाईएको रेलिङ्मा ठोक्किए पछि दुर्घट्ना भएको हो ।
रविन रविना ढुवानी सेवाको ग१ख५२९९ नं.को मिनि ट्रक ओभर स्पिडका कारण रेलिङ्मा ठोक्किन पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घट्ना पछि चालक फरार भएका छन् ।

गाडी जनप्रीय स्कुलको कम्पाउन्डमा पुगेर रोकिएको छ । गाडीको अगाडीको भाग र बोडीमा सामान्य क्षेति भएको छ । सडकको रेलिङ भाँचिएको छ ।



