नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले मगरले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल उद्धघाटनको तयारीमा रहेको बताएका छन् । आगामी ४–५ महिना भित्र सरकार यसको उद्धघाटन गर्ने तयारीमा रहेको मन्त्री आलेले उद्धघोष गरेका हुन् ।
पोखरामा आयोजित नववर्ष महोत्सवको उद्धघाटन गर्दै मन्त्री आलेले विमानस्थल संचालनका लागि समस्याका रुपमा देखिएको रिठ्ठेपानी डाँडा कटान र ल्याण्डफिल्ड साईडको स्थानान्तरण यथासिघ्र गर्ने गरि दु्रत प्रक्रिया सुरु गरिएको बताए । विमानस्थलन निर्माणको ९३ प्रतिशत काम सम्पन्न भएपछि चाईनाले नेपाल सरकारलाई सो विमानस्थल हस्तान्तरण गरिसकेको छ ।

संघ सरकारले तदारुकताका साथ काम गरिरहेको बताएका मन्त्री आलेले ल्याण्डफिल्ड साईडको व्यवस्थापन स्थानिय सरकारको क्षेत्राधिकार भएको स्मरण गराउँदै त्यसका लागि आवश्यक प्रक्रिया सुरु गर्न निर्देशन समेत दिए । पोखरामा स्तरिय पुर्वाधारहरु निर्माण गर्न पोखरेली व्यवसायीहरुलाई आग्रह समेत गरे ।
सो अवसरमा उनले पोखरा पर्यटन बसपार्क संचालनको अनुमति समेत दिए । पोखराको हिमागृह र रत्नमन्दिर आगामी वैशाख ३० गते भित्र संचालन गर्ने आश्वासन समेत दिए । पोखरालाई पर्यटनको राजधानी शहर घोषणा गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।



