शुक्रबारदेखी उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनिले संस्थाको जारी पुँजी रु.६,५६,२५,०००/– (अक्षरेपी छ करोड छपन्न लाख पच्चीस हजार मात्र) को ३६ प्रतिशतले हुन आउने रु.२,३६,२५,००० (दुई करोड छत्तीस लाख पच्चीस हजार) रकम बराबर प्रति शेयर रु.१००।- अङ्कित दरका २,३६,२५० कित्ता साधारण शेयर मध्ये जारी पूँजीको ०.५% अर्थात ३२८१ कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको ५% अर्थात् ११,८१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने २,२१,१५६ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने भएको हो ।





