रामघाट परियोजना र तिरभिर संरक्षण सम्बन्धमा सो क्षेत्र संरक्षणका खातिर स्थानिय स्तरबाट गठित एक समुहले पोखरा महानगरपालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । ११ वटा टोल विकास संस्थाका तर्फबाट सेति नदि रामघाट तिरभिर संरक्षण समुहका संयोजक किसान विश्वकर्माले महानगर प्रमुख मान बहादुर जिसीलाई माग सहितको ज्ञापन पत्र बुझाएका हुन् ।

पोखरा महानगरपालिकाले रामघाट क्षेत्रमा सेति नदिमा स्थायी ड्याम निर्माण गरि प्राकृतिक प्रकोपको जोखिम न्युनिकरणका लागि उठाएको कदम उत्साहजनक भएको उल्लेख गर्दै सो समुहले महानगरको उक्त परियोजना प्रति आफुहरुको सर्मथन रहेको बताएको छ । तर, उक्त परियोजना हालसम्म संचालन भैसक्नु पर्नेमा स्थानियहरुलाई कुनै जानकारी नदिएको प्रति उनिहरुले आपत्ति प्रकट गरेका छन् ।

सो परियोजनाको सम्बन्धमा पोखरा महानगरपालिकाद्धारा यसअघि नै सार्वजनिक टेज्डर बमोजिम आवश्यक प्रक्रिया अगाडी बढाउनु पर्ने उनिहरुको माग छ । समुहको ज्ञापनपत्रमा भनिएको छ, ‘‘महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणामा उक्त ड्याम निर्माण, तिरभीर संरक्षणको प्रकाशित टेण्डर बमोजिम नै कार्यान्वयन यथाशिघ्र गर्नुपर्ने वा स्थानिय सरकारले नै यथाशिग्र लगानी र कार्यान्वयन गर्ने गरि स्थानिय सरोकार, पीडित जनतालाई लिखित प्रतिवद्धताको लागि जोडदार माग गर्दछौँ ।’’

सो समुहले रामघाट तिरभीरमा प्रत्यक्ष सरोकार राख्ने स्थानिय बासिन्दाहरुलाई १० प्रति शेयर लगानीको सुनिश्चितता, स्थानियलाई रोजगारीको प्राथामिकता, शवदाहको उचित व्यवस्थापन, शौचालय, प्रतिक्षालय, क्रियापुत्री घर, स्नान घर निर्माणको सुनिश्चितता हुनुपर्ने माग समेत गरेको छ ।

स्थानिय सरोकारवाला नागरिकहरुको भावना विपरित मौजुदा सरकारले आवश्यक प्रक्रिया अगाडी नबढाए थप संघर्षका कार्यक्रमहरु गर्ने सो समुहले चेतावनी दिएको छ । त्यसबाट उत्पन्न परिस्थितीको जिम्मेवार स्थानिय सरकार हुने समुहले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार