लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बी १ अन्र्तगत लायन्स क्लब अफ पोखरा पेनगुईनले स्याङ्जाको एक बिद्यालयमा पानी ट्याङ्की उद्घाटन, जेष्ठ नागरिक सम्मान तथा स्टेशनरी बितरण कार्यक्रम सम्पन्न गरेको छ । स्याङ्जाको आघिँखोला ५ रंगेठाँटीमा रहेको पद्युम्न पनेरु माध्यामिक बिद्यालयमा निर्माण भएको पानी ट्याङ्कीको एक कार्यक्रमका बीच प्रमुख अतिथी तथा डिस्ट्रिक गर्भनर लायन बिसेश्वर आचार्यले समुद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै गर्भनर लायन अचार्यले पेनगुईनले गरेको यो सर्हानिय कामको खुलेर प्रशंसा गर्नुभयो । उहाँले शिक्षाको निम्ती स्याङ्जाले देशमा ठूलो योगदान दिएको बताउँदै पधुम्न पनेरु मा.वि ले पनि दक्ष शैक्षिक जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमीका खेलेको बताउनुभयो । एलएलएफबाट प्राप्त रकमलाई क्लबका अध्यक्ष ज्ञान बहादुर रानाले आफ्नै गाउँमा थप लगानी सहित कार्य सम्पन्न गर्नु नै गाउँप्रतिको माया भएको उहाँले उल्लेख गर्नुभयो । आफ्नो बाबुको सपना पुरा गर्न क्लबको अध्यक्षको हैसियतमा आफ्नो लगानी सहित खानेपानी टंकी निमार्ण गर्ने राना परिवारलाई समेत उहाँले धन्यवाद दिनुभयो ।
त्यस्तै कार्यक्रमका बिशेष अतिथी आधिँखोला गाउँपालिकाका अध्यक्ष सुधिर पौडेलले खानेपानी टंकी निर्माण तथा स्टेशनरी र जेष्ठ नागरिक सम्मान कार्यक्रमले बिद्यालय र वरपरका बासिन्दामा खुसी छाएको बताउनुभयो । उहाँले लायन्स क्बल अफ पोखरा पेनगुईनले गरेको सहयोगकोले बिद्यालयको थप उन्नती र शैक्षिक गुणस्तर हुने अपेक्षा गर्नुभयो । कार्यक्रममा लायन्स क्बल अन्र्तराष्टिय, डिस्ट्रिक बी १ का कोषाध्यक्ष लायन पृथ्वीराज तिमिल्सिना, लायन्स फाउण्डेशन चिफ एक नारायण शर्मा, डिस्ट्रिक एडभाईजर लायन शंकर ज्ञवाली, क्लस्टर ३ रिजन ५ का चियर पर्सन डाँसिराम सापकोटा, बिद्यालयका प्रअ दिप्ती नारायण शर्मा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ख्याम नारायण देबकोटा लगायतले आफ्नो धारणा राखेका थिए ।
पानी टंकी नेपाल लायन्स फाउण्डेशनको रु पचासहजार र अन्य निर्माण खर्च लायन्स क्लब अफ पोखरा पेनगुईनका अध्यक्ष ज्ञान बहादुरा रानाको परिवारले खर्च गर्नुभएको हो । आफ्नो स्वागत मन्तब्य एवम् कार्यक्रमबारे प्रकाश पार्दै कार्यक्रमका अध्यक्षता ग्रहण गरिरहेका ज्ञानबहादुर राना भन्नुहुन्छ, एनएलएफ परियोजनाबाट आएको पचास हजारले मात्र टंकी बन्न संभव थिएन र आफूले जन्मेको आफ्ना पुर्खाहरुले बनाएको यस बिद्यालयमा थोरै भएपनि केही सहयोग गरौं भन्ने सोचका साथ बाँकी अपुग हुने रकम आफूले आफ्ना पीताको नामबाट यहाँ सहयोग गरेको बताउनु भयो । आफ्नो बुबा तिलबहादुरले यस ठाउँमा रहदा धेरै सामाजिक कार्य गर्नुभएको उहाँले स्मरण गर्नुभयो । लायन्स क्बल अफ पोखरा पेन्गुईन र आफ्नो परिवारले गरेको यस सहयोगले बिद्यालयमा खानेपानी अभाव नहुने विश्वास आफूले लिएको समते उहाँले बताउनुभयो । आफू लायन्स क्लबमा आबद्ध भएपछि बिभिन्न ठाउँमा सहयोग गर्दै आएको र त्यही अनुरुप एनएलएफलबाट प्राप्त सहयोगबाट अपुग रकम मेरो परिवारले प्रदान गर्ने गरी बिद्यालयका लागी यो खानेपानी टंकी निर्माण सम्पन्न भएको बताउनु भयो । बिद्यालयको समग्र व्यवस्थापन र शैक्षिक उन्नतीको लागी बिद्यालय, गाउँपालिका देखी वडासम्मले चासो दिनुहुन समेत उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लब पेनगुईनले बिद्यालयमा रहेका बिद्यार्थीहरुको लागी स्टेशनरी तथा खेलकुदका सामाग्रीहरु बितरणका साथै जेष्ठ नागरिकहरुलाई पनि सम्मान गरेको थियो । खानेपानी टंकी निर्माणमा आर्थिक सहयोग गर्ने ज्ञानबहादुर रानाकी आमा साबित्रा रानालाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष लायन ज्ञान रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन क्लबका सचिव लायन शिव पौडेलले गर्नुभएको थियो भने कार्यक्रम धन्यवाद सहित समापन क्लबका प्रथम उपाध्याक्ष लायन दिपक भण्डारीले गर्नुभएको थियो ।




