चर्को विवादका बिच लामोसमय अलमलमा रहेको अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा टेबुल हुने भएकोछ ।
सत्ता गठबन्धनका नेताहरुको आज बसेको बैठकले एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति गरेको हो । दलहरुका बिचमा विवाद कायमै रहेका बेला सत्ता साझेदार दलहरु प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्ने सहमति पुगेपछि जनस्तरबाट विरोध थप चर्कने अनुमान गरिएको छ ।
मतदानका विषयमा कुनै सहमति नगरिएको भएपनि टेबुल गर्ने विषयमा भने सहमति भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।




