बन्दका बखत बन्दकर्ताहरुले पोखरा प्रवेशको मुख्यद्धार अमरसिंह गेट नजिकै मुख्य राजमार्गमा राखेको शंकास्पद विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । खाना पकाउने राईस कुक्करको भित्रपट्टीको भाँडोलाई छोपेर बिच सडकमा राखिएको थियो ।

जसका कारण मुख्य राजमार्ग लामो समय अवरुद्ध हुनपुग्यो । करिब १ घण्टा बढि लामो प्रयास प्रश्चात नेपाली सेनाको टोलीले डेटोनेटरको सहायतामा सो शंकास्पद वस्तुलाई डिस्पोज गरेको हो । बन्दका कारण पोखरा लगायतको जनजिवन प्रभावित भयो भने, बजार पसलहरु दिनभर जसो बन्द नै रहे ।

बन्दका क्रममा केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार