मेलम्ची खानेपानी आयोजना पुर्ने ढुङ्गा, माटो, बालुवा गिट्टीसहितको गेग्य्रान हटाउने काममा नेपाली सेनासँग पनि सहयोग मागेको छ । ठेकदार चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो परिचालन भएर काम सुरु गरेलगत्तै साइटमा ठूला-ठूला ढुङ्गाहरु भेटिएपछि आयोजनाले सेनासँग सहयोग मागेको हो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रकुरमा पन्तका अनुसार ठेकदारसँग उपलब्ध यन्त्र उपकरणले ठूला ढुङ्गा फुटाएर हटाउन सक्ने अवस्था नदेखिएको बताए । ‘निकै ठूला ढुङ्गा भएकाले त्यसलाई फुटाउन विष्फोटक पदार्थ नै चाहिन्छ,’ उनले भने,’त्यसैले सेनासँग हामीले आवश्यक पर्ने विष्फोटक पदार्थ मागेका हौं ।’

वर्षायाममा बाढी र पहिरोका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर नयाँ वर्षसम्ममा काठमाडौं उपत्यकामा खानेपानी ल्याउन सेनाको सहयोग अपरिहार्य देखिएको पन्तले बताए । आयोजनाबारे यअसघि असोजमा भएको समन्वय बैठकमा सेनाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।

संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने छ । त्यो खोल्नासाथ सुरुङको मा यसअघि भरिएको पानी बाहिर फाल्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार