कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ र स्याङ्जाका १–१ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण बाग्लुङ्को काठेखोला गाउँपालिका वडा नं. २ का ७१ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको हो । यस्तै स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं. ५ का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १४५८ जना पुगेको छ ।




