कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये १४ जनाको मृत्यु भएको हो ।
यसैबिच यसअवधिमा २,४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रलायका अनुसार १६,३५६ नमुना परिक्षणमा थप २,४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा सक्रिय संक्रमितको संख्या ३०,२४१ पुगेको छ ।
सोमबार थप ७,७७७ जना संक्रमण मुक्त भएका छन् ।




