सोमबार नेप्से परिसुचक दोहोरो अंकले वृद्धि भएको छ । आईतबार दोहोरो अंकले घटेको नेप्सेमा सोमबार भने सामान्य सुधार देखिएको हो । यसदिन नेप्से १५.७१ अंकले वृद्धि हुदै २८५१.८८ अंक कायम भएको छ ।
सोमबार नेप्सेमा २२४ कम्पनिका ६६,११३ पटकको कारोबारमा ९५,१२,५८० कित्ता शेयर ५,०२,२०,१७,१८१ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन सेन्सिटिभ र फ्लोट इन्डेक्समा सुधार देखिएको छ ।
सोमबार बैङ्कीङ, होटल र पर्यटन र लघुवित्त बाहेक सवै उपसमुहहरुको सुचकमा सुधार देखिएको छ ।




