कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये १४ जनाको मृत्यु भएको हो । यससंगै नेपालमा कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ११,७७८ पुगेको छ ।
यसअवधिमा थप ३१७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १२,६०५ नमुना परिक्षणमा थप ३१७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । परिक्षण गरिएका नमुनाहरु मध्ये १०,०२६ जनामा पिसिआर तथा २५७९ जनामा एन्टिजेन परिक्षण गरिएको थियो । विहिबार ८७२३ जना संक्रमण मुक्त भएका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६३,२९६ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा १ लाख ६६ हजार बढिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।




