मंगलबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । सोमबारको तुलनामा मंगलबार धितोपत्रको कारोवारमा संलग्न केही कम्पनिहरुले राम्रै कमाएका छन् । मंगलबार १९.२६ अंकले बढेर नेप्से २८९१.३० अंकमा पुगेर बन्द भयो । यसदिन नेप्से समग्रमा ०.६७ प्रतिशतले बढेको हो ।
सेन्सिटिभ इन्डेक्स पनि यसदिन ३.९८ अंकले बढेर ५४२.९० पुग्यो भने फ्लोट इन्डेक्स १.४३ अंकले बढेर १९८.१० अंक कायम भयो । सेन्सिटिभ फ्लोट इन्डेक्स पनि यस दिन १.४९ अंकले बढेको छ ।
मंगलबार नेप्सेमा २२३ कम्पनिको ८०,८२९ पटकको कारोवारमा १,२१,६७,६०५ कित्ता शेयर ६,५७,४८,४२,४१८ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन ट्रेडिङ, होटल र पर्यटन, म्युचल फन्ड र जिवनबिमा कम्पनिका उपसमुह बाहेक सवैको परिसुचक बढेको छ ।
मंगलबार २ कम्पनिको मुल्यमा सकारात्मक सर्किट लागेको छ ।




