तनावका बिच मोरिसससंगको दोस्रो मैत्रीपुर्ण खेलपनि नेपालले जितेको छ । पहिलो हाफमा एक गोलले पछि परेको मोरिसससंगको दोस्रो हाफ दुवै टिमका लागि तनावपुर्ण रह्यो । नेपालका लागि सुजल श्रेष्ठले गोल गरेका हुन् ।
खेलका क्रममा मोरिससका २ जना र नेपालका एक अफिसियल सहित अर्का एक जना खेलाडीले पनि रातो कार्ड पाएपछि खेल थप तनावपुर्ण बन्यो । नेपालका खेलाडी पुजन उपरकोटी र अफिसियल विकास मल्ललाई रेफ्रीले रातो कार्ड दिएका हुन् ।
यसअघि शनिबार भएको पहिलो खेलमा विमल घर्तिमगरको गोलको मद्धतमा नेपाल १ शुन्यले विजयी भएको थियो ।




