थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको हो ।
गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने र सरकारले निर्वाचन आयोगसँग छलफल गरेर मिति तोक्ने निर्णय गरेको थियो । सो निर्णय पछि प्रधानमन्त्री देउवाले पहिलो पटक आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।
छलफलका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया सहितका आयोगका पदाधिकारी मंगलबार बालुवाटार जानेछन् । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा निर्वाचन गर्न सकिने बताएको थियो ।




