कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा उपचार केन्द्रहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११,७४३ पुगेको छ ।
यसअवधिमा ५,२९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको १६,०८८ नमुना परिक्षणमा थप ५,२९२ नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा सक्रिय संक्रमितहरुको संख्या ७९,२७२ पुगेको छ । सोमबार ८,१९१ जना संक्रमितहरु संक्रमण मुक्त भएका छन् ।
सोमबार ३,६६,६०३ मात्रा कोरोना विरुद्धको खोप लगाईएको छ । हाल नेपालमा १ करोड ४२ लाख बढिले कोरोना भाइरस विरुद्ध खोपको पुरा मात्रा लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार