गण्डकी प्रदेशमा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५४२ नमुना परिक्षणमा थप २८७ नमुनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ६७३० जना पुगेको छ ।
यसअवधिमा कास्कीका १८७ जना, बाग्लुङ्का ४५ जना, नवलपुरका १७ जना, स्याङ्जाका १४ जना, तनहुँका १० जना, म्याग्दीका ८ जना, लमजुङ्का ३ जना, मुस्ताङ्का २ जना र पर्वतका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार ६२७ जना संक्रमण मुक्त भएका छन् ।
यसैबिच तनहुँको व्यास नगरपालिका वडा नं.११ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ । यससंगै गण्डकीमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म १४३७ जनाको मृत्यु भएको छ ।




