कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर झण्डै ५६ लाख ७६ हजार बढि मानिसहरुको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दासम्म कोरोना भाइरसको संक्रमणसंग सम्बन्धित मृत्युको संख्या ५६ लाख ७६ हजार ११९ बढि पुगेको छ ।
यस भाइरसबाट संसारभरका ३७ करोड ३१ लाख २२ हजार बढि मानिसहरु संक्रमित भएका वल्डोमिटरको तथ्यांकले देखाएको छ । जसमध्ये २९ करोड ४७ लाख ५ हजार मानिसहरु संक्रमणमुक्त भएका छन् । झण्डै ७ करोड २६ लाख ४५ हजार बढिको उपचार भैरहेको छ । उनिहरु मध्ये ९४ हजार बढिको अवस्था गम्भिर रहेको छ ।
विश्वव्यापी रुपमा यसको निको हुने दर ९८ प्रतिशत रहेको छ भने, २ प्रतिशत मानिसहरुले ज्यान गुमाएका छन् । अमेरीका, भारत र ब्राजिल सवैभन्दा धेरै प्रभावित भएका छन् । हालसम्म यसको संक्रमण विश्वका २२४ वटा देशहरुमा फैलिसकेको छ । पहिलो पटक यो सन् २०१९ को अन्तिम तिर चीनको वुहान शहरमा देखिएको थियो । हाल यसको पछिल्लो भेरियन्ट ओमिक्रोनले आतंक मच्चाईरहेको छ ।




